रोशनीको सुरक्षाका लागि प्रहरीले असई र एक महिला प्रहरी खटाइयो

काठमाडौं । सभामुख महराले बलात्कार गरेको आरेप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको सुरक्षाका लागि प्रहरी खटाइएको छ । घटनाको अनुसन्धानमा सहयोग पुर्याउनुका साथै उनको सुरक्षाका लागि पनि प्रहरी खटाइएको बताइएको छ ।

शाहीको सुरक्षाका लागि प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीका अनुसार आज विहान पनि शाहीको कोठामापुगेर एक टोलीले थप अनुसन्धान गरेको छ । अनुसन्धानलाई मजबुत बनाउन नै कोठामा प्रहरी पठाएको बताइएको छ ।

यस अघि मंगलबार आफुलाई बलात्कारको आरोप लागेपछि महराले सभामुखबाट राजिनामा दिइसकेका छन् । र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार