काठमाडौं । के तपाइले पुर्ब राजाहरुले लगाउने श्रीपेच कहिल्यै देख्नु भएको छ ? यदि, तपाईलाई कसैले यसरि प्रश्न गर्यो भने अब सजिलै उत्तर दिन सकिने भएको छ । “देख्या छु, र तपाई पनि गएर सजिलै हेर्न सक्नु हुनेछ ।”
सर्बसाधारण जनताले देख्नै नपाएको पुर्ब राजाहरुले लगाउने श्रीपेच अब सहजै हेर्न सकिने भएको भएको छ । नेपालका पूर्व राजाहरुले राजगद्दी तथा बिशेष समारोहमा लगाउने श्रीपेच सोमबार नारायणहिटी दरबार संग्राहलयमा राखि सार्वजनिक गरेपछि अबदेखि सर्बसारधारण जनताले श्रीपेच हेर्न पाउने भएका हुन ।
संग्राहलयमा राखिएको श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । संग्राहलयमा विशेष सुरक्षा ब्यवस्थाका साथ बुलेट प्रुफ सिसा भित्र घेरिएर राखिएको श्रीपेच संगै राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका अन्य बहुमुल्य सामाग्री राखिएका छन् ।
सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट टायरा, तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री हेर्न सकिने छ।
श्रीपेचमा ७५० वटा हिराका टुक्रा मिसिएका छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् ।
श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छरले बनेको छ ।
श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । त्यसैगरि श्रीपेच संगै राखिएको राजदण्ड र चमरमा भने सुनैसुनबाट बनेको छ ।
सरकारसंग कसरि आईपुग्यो श्रीपेच ?
दश बर्षे जनयुद्ध र जनआन्दोलनको बलबाट देशमा राजतन्त्र विधिवतरुपमा समाप्त भई गणतन्त्र आएको हो । राजा बिरेन्द्रको स– परिवारको दरवार भित्रै हत्या भइसकेकपछि राजा हुने मौका ज्ञानेन्द्र शाहले पाएका थिए । तर, उनको निरकुंस शासनका कारण लत्कालिन माओवादी र संयुक्त सातदलले राजतन्त्र फाल्ने अठोट लिएर जनआन्दोलन गरेपछि पुर्बराजा ज्ञानेन्द्र नारायणहिटी राज दरबारबाट लखेटिएका थिए ।
राजगद्दीबाट हटेर नारायणहिटी छोड्दा पुर्ब राजा ज्ञानेन्द्रले श्रीपेच पनि आफैसंग लग्न खोजेका थिए तर तत्कालीन सरकारले श्रीपेच सरकारलाई बुझाउन भनेको र त्यसो नगरे राम्रो नहुने चेतावनी दिएपछि उनले नेपाल सरकारलाई श्रीपेच हस्तान्तरण गरेका थिए ।