आज फूलपाती मनाइदै

काठमाडौं । हिन्दुहरुको ठुलो चाँड दशैं खास रुपमा आज बाट सुरु भएको छ । आज फुलपाती भित्र्याएपछि दशै शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउाघरमा पुगिसक्ने प्रचलन छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।

आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ ।

देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले बली दिन्छन् ।

असूरको बध गरेर बिजयी भएकी कालरात्री देवीको एक हातमा तरबार र अर्को हातमा असूरको टाउको हुन्छ । कालरात्री देवीको बाहन गधा हो । कालो रातमा असूर शक्तिको बध गर्ने देवीको कााधमा बिजुलीजस्तै चम्किलो माला रहेको विश्वास गरिन्छ ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्दै दशै मनाउने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार