यसरी हुदैछ चिनियाँ राष्ट्रपति सी जिनफिङको सुरक्षा

काठमाडौं ।दुईदिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङको बसाइको अवधिभर नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गरेका छन् । सी बस्ने होटल र भ्रमणमा पर्ने सबै सवारी रुटको सवारी सुरक्षालाई कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सीको भ्रमणक्रममा नेपालका चारवटै सुरक्षा निकाय सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसहित चिनियाँ जनमुक्ति सेनाको विशेष टोलीले संयुक्तरुपमा सुरक्षा व्यवस्थापन गरेका छन् । राष्ट्रपति सी एयर चाइनाको विमानबाट शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए पनि विगत लामो समयदेखि नै सुरक्षा व्यवस्था चुस्त पारिएको थियो । यस्तै, शनिबार दिनभर काठमाडौंका सडकको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।सीको भ्रमण अवधिभर चीनबाट आएको जनमुक्ति सेनाको कमाण्डो टोलीले सुरक्षा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार