सांसद आलमको सेवासुविधा रोक्का

काठमाडौं । रौतहट क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद मोहम्मद अफ्ताब आलमको सेवासुविधा र पारिश्रमिक रोक्का भएको छ । फौजदारी अभियोग लागेका सांसद आलम पक्राउबारे सोमबार संघीय संसद सचिवालयले सूचना जारी गरेको हो । आलम आइतबार गृहजिल्ला रौतहटबाट पक्राउ परेका थिए । सूचना प्रकाशन भएपछि उनले सांसदका रुपमा पाउँदै आएको पारिश्रमिक, सेवा र सुविधा स्थगन हुने कानुनी व्यवस्था छ । आलम जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार