
काठमाडौं । तीन नेपाली चेली अन्तर्राष्ट्रिय युवा अर्वाडबाट सम्मानित भएकी छन् ।
इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डियाले नेपाली चेलीहरु रेखा परियार, अरुणा हिङ्गमाङ्ग र पवित्रा गौलीलाई युवा अवार्डबाट सम्मान गरेको हो ।
परियार र गौली नेविसंघका नेता हुन् भने हिङ्गमाङ्ग सृजनात्मक महिला समूहकी अध्यक्ष हुन् । नेविसंघको पूर्वकेन्द्रीय सदस्यसमेत रहेकी परियारले अनाथ बालबालिकाहरुको लागि अनाथालय चलाउँदै आएकी छन् । उनले मानसिक रोगसम्बन्धी जनचेतना मुलक कार्यक्रम पनि गर्दै आएकी छन् ।










