
काठमाडौं । चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ माथि मुद्दा दर्ता गरिएको छ | पाँडे र जिग्री लगाएत नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को पुरै टिमविरुद्ध नै मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको हो ।
सक्किगोनीमा प्रयोग गरिएका पात्रहरु भद्रगोलकै पात्र रहेकाले मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा उनिहरु बिरुद्द कपिराईटको उजुरी दिएको हो !
उजुरीमा हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुद्दामा मुछेको छ ।
सक्किगोनीको टिम बिरुद्द नै उजुरी परेपछि छलफलका लागि दुबै पछलाई बोलाईएको प्रहरीसे जनाएको छ |
मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरीम उल्लेख गरेका छन | उजुरीमा उनले ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उतापादन भएको दाबी समेत गरेका छन |
सक्किगोनीको जिमबिरुद्द कपिराईटको उजुरी हालेपनि हबका प्रमुख धितालले आफुले क्षतिपूर्तिको मागदावी भने नगरेको बताए !
मिडिया हब र भद्रगोलका मुख्य कलाकारबीच लेनदेनका बिषयम विवाद भएपछि भद्रगोल छोडेर जिग्री-पाँडेको समूहले भद्रगोलका पुरानै पात्र र कथाबस्तु राखेर सक्किगोनी प्रशारणमा ल्यायो भने मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राख्यो । भद्रगोलमा पात्रहरु भने नयां छन |
भद्रगोलमा पुराना पात्रहरु नदेखिपछि त्यसको लोकप्रियता ह्वात्तै घटेको छ भने सक्किगोनीले भने प्रशारणको छोटो समयमा लोकप्रियता पाईरहेको छ |












