गायक दुर्गेश थापाविरुद्ध उजुरी, ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत हटाउनुपर्ने माग


काठमाडौं । समाजमा बिकृती फैलाउने गीत ल्याएको भन्दै गायक दुर्गेश थापाबिरुद्ध उजुरी परेको छ । उनले तिहारमा गाइने देउसी गीतको नाममा समाजमा विकृती फैलाउनेगरी गाँजा भाङ खाउँ, बियर खाउ भन्दै प्रचार गरेको आरोप लागेको छ ।

गायाक थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ नामक तिहार गीत भन्दै हालै सार्वजनिक गरेका छन् । यहि गीत हटाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनी विवादमा तानिएका छन् ।

उजुरीको आधारमा प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार समेत गरेको छ । प्रशासनको आग्रहमा थापालाई छलफलका लागि बोलाएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

दुर्गेशले सार्वजनिक गरेको गीतमा “ह्याप्पी तिहार, चिसो वियर,  ‘ए निकाल गाँजा, खानुपर्छ आज” भन्ने जस्ता असामाजिक बिकृतीपुर्ण शब्द प्रयोग भएको भन्दै सामाजिक संजालहरुमा बिरोध भइरहेको छ ।

गायक थापाले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेको गीतमा अधिकांस बिरोधपुर्ण कमेन्ट आएपछि कमेन्ट नै नदेखिने बनाइएको छ । गीतबारे दर्शकहरुले आलोचनात्मक प्रतिक्रियाहरु आएपछि अहिले युट्यूवमा कमेन्ट बक्स नै गायव गरिएको छ ।

तीजको समय ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका गायक थापालाई भने यस गीतले ठुलो झट्का दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार