निर्मला हत्याकाण्डमा गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग


काठमाडौं । कंचनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एकबर्ष बितिसक्दा समेत हत्यारा पत्ता लागेको छैन । यसबिचमा प्रहरीले दर्जनौ ब्यक्तीको डीएनए परिक्षण गर्यो भने धेरैलाई पक्राउ गर्यो ।

तर, हातमा लाग्यो शुन्य झै भएको छ, निर्मला हत्याकाण्डमा । फेरि यस घटनाबारे आवाज उठेको छ ।
आइतबार काँग्रेस भातृसंगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यामा गृहमन्त्रीका छोराप्रती आशंका गरेका छन् ।

तरुण दलले आफ्नो ६६ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले निर्मलाको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गरेका हुन।

पार्टी सभापति शेरबहादुर देउवा उपस्थित उक्त कार्यक्रममा बोल्दै बस्नेतले भने, “मैले धेरैचोटी भनिसकेको छु, गृहमन्त्री रामबहादुर थापाज्यू तपाईंको छोरामाथि बलात्कारको आरोप लागेको छ, मलाई रतरुण दललाई गलत सावित गर्न एक पटक तपाईंको छोराको डीएनए टेस्ट गरौं ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार