कुकुर तिहारमा पूर्वराजदूतको हत्यारा पत्ता लगाउने ‘जोनी’ लाई अर्वाड


काठमाडौं । तिहार अन्र्तगत कुकुर पुजामा यसबर्ष जोनी नामक प्रहरीको कुकुरले उत्कृष्ट प्रहरी कुकुरको अवार्ड पाएको छ ।

आइतबार कुकुर पुजाको अवसरमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगन्जमा आयोजित विशेष कार्यक्रममा जानीलाई उत्कृष्ट प्रहरी कुकुरको अर्वाड दिइएको हो ।

४ भदौ २०७५ मा भएको पूर्वराजदुत केशव झाको हत्यामा संलग्नको खोजि जोनीले गरेको थियो । बबरमहलस्थित घरमै भएको झाको हत्यामा संलग्नलाई प्रहरीले झण्डै एक वर्षसम्म पनि पक्रन सकेको थिएन । त्यसपछि तालिम प्राप्त कुकुर जोनीको साहेताले पूवराजदुत झाको हत्यारा पत्ता लागेको थियो ।

झाको हत्यामा प्रयोग भएको चक्कु जोनीलाई सुँघाइएको थियो र झाको घरमा जोनीलाई छोड्दा उ घरभित्र नै फनफनी घुमेको थियो । जोनीको उक्त ब्यवहारबाट प्रहरीले पूर्वराजदुत झाको घरमा सहयोगीका रुपमा काम गर्ने सानुकान्छा तामाङलाई पक्राउ गरेको थियो ।

घटना भएको एक वर्षपछि २ भदौमा प्रहरीले तामाङलाई पक्राउ गरेको थियो । पक्राउपछि थप अनुसन्धान गर्दा उनि दोषी देखिएका थिए ।
घटनाको आशंकामा प्रहरीले तामाङको पोलिग्राफ टेष्ट गर्दा उनले झुट बोलेको देखिएपछि प्रहरीले हत्या अभियोगमा तामाङमाथी मुद्दा चलायो र उनी अहिले पुर्पक्षका लागि जेलमा छन । यसरि पूर्वराजदुत झा हत्या प्रकरणमा जानीमार्फत ठुलो सफलता पाएको प्रहरीले जोनीलाई आज उत्कृष्ट कुकुर घोषित गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार