उपराष्ट्रपति पुनले आफ्नै निवास राेल्पामा लगाए भाइटीका

रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नै घर राेल्पामा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका छन्हु । उनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका हुन् ।

टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपनि पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

उपराष्ट्रपति पुनसँगै उनका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाए । उपराष्ट्रपति पुन  तिहार मनाउन केही दिनअघि काठमाडाैंबाट राेल्पा गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार