पत्रकारलाई गाली दिएपछि बलिउड अभिनेता शाहरुख खान पक्राउ

मुम्बई।  बलिउड अभिनेता शाहरुख खानले आफू प्रहरी गिरफ्तारीमा परेको र एक दिन थुनामा समेत बसेको घटना सार्वजनिक गरेका छन्।

नेटफ्लिक्समा चलिरहेको चर्चित अमेरिकी प्रस्तोता डेभिड लेटरमेनको शोमा अन्तर्वार्ता दिँदै शाहरुखले एक म्यागजिनका सम्पादकलाई गाली र धम्की दिएको आरोपमा आफू गिरफ्तारीमा परेको बताए।

डेभिडले शाहरुखलाई उक्त म्यागजिनमा छापिएको खबर र जेल गएको विषय प्रश्न गरेका थिए। जवाफमा शाहरुखले म्यागजिनको गसिप लेख आफूलाई चित्त नबुझेको र म्यागजिनको सम्पादकलाई फोन गर्दा उक्त लेखलाई मजाकको रुपमा लिन भनेको सुनाए। ‘त्यसपछि मैले धैयर्ता गुमाए। आवेशमा आएर म्यागजिनको अफिस गएर तत ममको स्तरमा गालीगलौच भयो’, शाहरुखले भने।

यो घटनापछि शाहरुख एक फिल्मको शुटिङमा व्यस्त थिए। शुटिङ सेटमै प्रहरीहरु आए। शाहरुखलाई आफूसँग हिड्न अनुरोध गरे। सुरुमा शाहरुखले प्रहरी जवानलाई आफ्नो फ्यान हुन भन्ने लागेर सँगै गए। त्यसपछि प्रहरीले उनलाई कारमा बस्न अनुरोध गरे।

तर, पछि मात्रै थाहा पाएकी उनी म्यागजिनका सम्पादकको उजुरीका आधारमा गिरफ्तारीमा परे। ‘त्यसपछि म उनी (प्रहरी)हरुको साथमा गए। पहिलोपटक जेलको कोठा देखे। धेरै सानो थियो। एकदमै फोहोर थियो। त्यहाँ दिसापिसाब देख्न सकिन्थ्यो’, शाहरुखले त्यो क्षण सम्झिए।

त्यसबेला शाहरुखले एक दिन प्रहरी हिरासतमा विताउनुपर्यो। पछि उनी जमानतमा रिहा भए। रिहा भएपछि पनि आफू ति सम्पादकको घर गएर फर्किएको शाहरुखले खुलाए।

खासमा यो घटना १९९३ को हो। फिल्म ‘माया मेमसाहब’मा शाहरुखले फिल्म निर्देशककी श्रीमतीसँग एक लभ सिन गर्नुथियो। यो ९० को दशकको बोल्ड फिल्म मानिन्छ। जसमा शाहरुखसहित थुप्रै कलाकारले बोल्ड सिन दिएका थिए।

यो फिल्मबारे त्यतिखेरको ‘सिने ब्लिट्ज’ म्यागजिनले फिल्म निर्देशक केतन मेहताले शाहरुख र आफ्नी श्रीमती (दिपा साही)लाई एक रात सँगै बस्न भनेको र जसबाट एकअर्कालाई बुझ्न र लभ सिन गर्न सहज हुने भनेको भन्दै गसिप लेखेको थियो।

यो गसिपबाट शाहरुख आवेशमा आएर म्यागजिनको अफिस गएर लेखकलाई ज्यान मार्ने धम्की समेत दिएका थिए।

अन्तर्वार्तामा उनले आफ्नो करियरका विभिन्न घटना सुनाएका थिए। त्यस्तै, परिवार, बच्चाका बारेमा पनि खुलेर कुरा गरेका थिए। -नागरिकन्युजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार