दाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङमा उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ । दाङमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।
जसमा चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेत रहेका छन् । उनीहरु तीनै जनाको नाम सिफारिस गरेको कुरा बुधबार विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
नेकपा प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ (ख) का संयोजक चुर्णबहादुर वलीले विज्ञप्ति जारी गर्दै नाम सिफारिस गरेको जानकारी गराएका छन् ।








