
काठमाडौं । प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा जारि प्रदर्शन आज राजधानी इस्लामावाद पुग्दैछ । विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा-ए-इस्लाम (जेयूआई) ले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको हो ।
जेयूआईले राजनीतिक शाखा अन्सार उल इस्लामको स्वतन्त्रताको माग गर्दै देशव्यापी मार्च निकालेको छ । क्वेटा र कराँचीबाट सुरु भएको यो मार्च लाहोर हुँदै बिहीबार राजधानी इस्लामावाद पुग्दैछ । जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग (नवाज)ले समेत समर्थन गरेका छन् ।
सरकारले जेयूआईलाई स्वतन्त्रता मार्च ननिकाल्न अपिल गरेको थियो । तर, त्यसको असर देखिएन । जेयूआईले प्रधानमन्त्री इमरान खानले राजीनामा दिनुपर्ने, नयाँ शिराबाट दोस्रोपटक आम चुनाव गराउनु पर्ने, इस्लामिक कानुनलाई छेडछाड गर्न नपाइने, इस्लामिक संस्थाको सम्मान गर्नुपर्नेलगायतका मुख्य माग राखेको छ ।










