डायलासिसका लागि प्रधानमन्त्री ओली भोली पनि ग्राण्डी जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको तेस्रो डायलासिस गर्न शनिवार फेरि ग्राण्डी जाने भएका छन्। चिकित्सकका अनुसार हप्ताको तीन पटक डायलासिस गर्नुपर्ने भएपछि प्रधानमन्त्री ओली (भोृली) शनिबार फेरि धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पताल जान लागेका हुन ।

उनको बुधबार र बिहीबार दुई पटक ग्रण्डीमै डायलासिस गरिएको थियो ।बुधबार स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए।चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई सातामा तीन पटक डायलासिस गर्नु पर्ने बताएका छन् भने डायलासिस नगर्ने भए फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प पनि बताएका थिए ।

१२ वर्षअघि भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार