कुमारी हल आजबाट बन्द, कारण यस्तो छ


काठमाडौं । काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल आजबाट बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको बताइएको छ ।

हल मर्मतका लागि करिब एक महिनासम्म हल बन्द गर्न लागिएको हो । हलको ट्वाइटेल र सिटहरु मर्मत गरिन लागेकाले हल बन्द गर्न लागिएको जनाइएको छ ।

हल बन्द हुने भएपछि आजबाट प्रदर्शनरत चलचित्रको शो हरु समेत हटाइएको छ । धेरै दर्शकहरु जाने उक्त हल बन्द हुन लागेपछि आजबाट रिलिज भैरहेका केही चलचित्रको व्यापारमा भने केहि असर पर्ने देखिन्छ ।

क्यूएफएक्स चेन अन्र्तगतको कुमारी हल उपत्यकामा सबै भन्दा धेरै दर्शकहरु जाने हलका रुपमा चिनिन्छ । कुमारी हल नेपाली चलचित्रको प्रिमियर सो का लागि पनि विशेष मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार