चोरी गर्दै गर्दा दुई जना कंचनपुरमा रङ्गेहात प्रकाउ,स्थानियले गरे रामधुलाई

कञ्चनपुर । चोरी गर्दै गर्दा दुई जनालाई कंचनपुरमा रङ्गेहात प्रकाउ गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकाको चान्देव बजारका पसलहरुमा चोरी गरिरहेको अवस्थामा विजय पाल र शैलेन्द्र सिंह रङ्गेहात प्रक्राउ परेको प्रहरीले जनाएको छ ।

गएराती करिब १ बजेतिर चान्देव बजारमा रहेका पसलहरुको सटर काट्दै गर्दा स्थानियले उनिहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय बेलौरीलाई बुझाएको प्रहरी निरीक्षक चुडामणि पुनले बताए ।

पक्राउ परेका चोरहरुको स्थानियले पिटाई समेत गरेका छन् । स्थानियहरुको पिटाईबाट चोरहरुको हात, नाक, मुख लगायतका अँगहरुमा चोट लागको छ ।

चोरहरुले चान्देव बजार छेउमै रहेको नागार्जुन मोबाइल एण्ड डि.जे हाउसबाट तिन लाख मुल्य बराबरका सामाग्रीहरु चोरी गरेको पसल संचालक (पिडीत) गोपाल चन्दले जानकारी दिए । उनका अनुसार एक लाख पचास हजार मुल्य बराबरका सामाग्री चोरबाट फेला परेको छ ।
बजारमामा रहेका बैजनाथ ट्रेडर्स तथा दिनेश किराना पसल , शान्ति किराना पसलमा पनि चोरी भएको छ ।

त्यस्तै शोभाताल उपभोक्ता समुहकोे कम्प्युटर रसृजनशील युवा सूचना केन्द्रको अफिसमा रहेका महत्वपुर्ण कागजात समेत चोरहरुले नष्ट गरेको छ । चोरी घटनामा अन्य ब्यक्तीको संलग्नताबारे अध्यन अनुसंन्धान भइरहेको र पक्राउ परेका उपर कारवाही सुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

चाँडबाडका बेला हुने यस्ता चोरी, डकैतीलाई मध्यनजर गर्दै स्थानिय प्रहरीले बिषेश सुरक्षा गस्ती गरिरहेको प्रहरी निरीक्षक पुनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार