
दाङ । नेकपा अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराको बलात्कार घटनाको बिषयमा पहिलो पटक बेलेका छन् ।
दाङको घोराहीमा प्रेस संगठनले बुधबार बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले
महराले नैतिकरुपमा गम्भिर गल्ती गरेकाले राजनितिक संरक्षण उचित नहुने बताए ।
“यो गम्भिर नैतिक गल्ती हो प्रचण्डले भने, यस्तो घटनामा राजनीतिक संरक्षण उचित हुँदैन, अदालतले निर्णय गर्ने कुरामा हामीले केही बोल्नु उचित हुँदैन । स्वतन्त्ररुपमा छानबिन र निर्णय गर्न दिनुपर्छ ।”
महराले आफूले गरेको गल्ती स्विकार गर्दै कानूनी प्रक्रियामा राज्यलाई सहयोग गर्नुपर्ने समेत प्रचण्डको भनाई छ ।
महराको यस घटनाबारे पहिलो पटक बोलेका प्रचण्डले महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गरेको बताए ।
महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताउनुभयो प्रचण्डले भने, ‘पहिले केही गरेको छैन भन्नुभयो, पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो । आफैंले पनि स्विकार्नुभयो ।’








