भारतबाट लुकाएर ल्याइँदै गरेको अबैध मासु नियन्त्रण

काठमाडौं । भारतबाट लुकाएर ल्याइँदै गरेको अबैध मासुजन्य पर्दा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । विभागले सर्लाही भन्सार विभाग हुँदै काठमाडौंं ल्याइँदै गरेको दुई ट्रक मासुजन्य पदार्थ थानकोटबाट नियन्त्रणमा लिएको हो ।

चिप्स, कुरकुरे लगायतका फास्फुड सामान बोकेको ट्रक खानतलासी गर्दा विभागले अवैध मासुजन्य पर्दाथ फेला पारेको हो । उक्त ट्रकमा साल्मन जातका माच्छा समेत ल्याएको विभागले बताएको छ ।

विभागले विशेष सूचनाका आधारमा उक्त परिमाणको अबैध मासु नियन्त्रणमा लिन सफल भएको बताइएको छ । अहिले सामानको विषयमा थप बुझ्ने काम भइरहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार