मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री सचिवालय र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री सचिवालयका र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे हिजो (आइतबार) दुबै अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको थियो ।
यही विषयमा थप छलफल गर्न आज पार्टीको सचिवालय बैठक ठाकिएको हो ।

आइतबारको बैठकमा दुई अध्यक्षबीच कुन मन्त्रीलाई हटाउने र कसलाई ल्याउने भन्ने विषयमा छलफल भएको थियो । सरकारका अधिकांश मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केहि मन्त्रीहरु हेरफेर गर्न लागेका हुन ।

प्रधानमन्त्रीले यसअघि नै सचिवालयका सबै सदस्यहरुलाई मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिन भनिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार