१२ वर्षीय बालिकालाई करणी गरेको अभियुक्तद्धारा स्वीकार

अछाम । अछामको रामारोशन–४ की १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये नाम परिवर्तन श्यामले आफुले करणी गरेको स्वकार गरेका छन् ।

१४ वर्षीय ती बालकले बालिकासँग एकपटक यौनसम्पर्क राखेको स्वीकारेका छन् । प्रहरीमा उजुरी परेपछि १४ वर्षीय श्यामलाई कात्तिक ९ गते र १३ वर्षीय हरिलाई कात्तिक १५ गते पक्राउ गरेको थियो ।

सुस्त मनस्थितिकी बालिकाले यसअघि हरिले आफुलाई बलात्कार गरेको भनेकी थिइन् । प्रहरीले दुबै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । प्रहरीले अनुसन्धान गर्दा श्यामले आफुले गरेको स्वीकारेका हुन् । ती बालिकाले पनि श्याम भन्ने ठाउँमा हरि भनेको भन्दै बयान फेरीपछि प्रहरीलाई अनुसन्धानमा सजिलो भएको हो । दुबै जना बालिकाका छिमेकी हुन् ।

प्रहरीले श्याम र पीडित बालिकको रगत डीएनए परीक्षणको लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बालिकाको पेटमा भएको ५ महिनाको गर्भ थापाथली स्थीत प्रसुती गृहमा शुक्रबार अस्पतालका चिकित्सकले वेथा लाग्ने औषधिमार्फत निकालेका छन् । गर्भपतनसँगै बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनलाई काठमाडौंकै एक संस्थाले आफ्नो संरक्षणमा राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार