चर्चित अघोर बाबाकी श्रीमती शारदा पाण्डे पक्राउ


काठमाडौं । सामाजिक सञ्जालमा चर्चित अघोर बाबाकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो बौद्धबाट प्रहरीले ठगीको आरोपमा उनलाई पक्राउ गरेको हो ।

चितवनकी एक युवतीले दिएको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको बौद्ध प्रहरी प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

श्रीमती पाण्डेले अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएको तर पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले केहि दिन अघि बौद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

पक्राउपछि दुवै पक्षलाई बौद्ध प्रहरीमा राखेर छलफल गरिएको छ । आजको छलफलमा सहमती नभएकाले भोली पनि उनिहरुबीच छलफल हुने बताइएको छ। शारदाले बाबासंग बिवाह गरेको महिना दिन नबित्दै शारदाको बारेमा विभिन्न कुराहरु बाहिर आउन थालेका थिए ।

अघोर बाबाको यो बिषेश भिडियो हेरौं 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार