बंगलादेशी राष्ट्रपति किन आउँदै छन नेपाल ? भ्रमण तालिका यस्तो छ


काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल भ्रमणमा आउँदैछन् । चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि उनि नेपाल आउन लागेको परराष्ट मन्त्रालयले जनाएको छ । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा रराष्ट्रपति हमिद नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ ।५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा समकक्षीलगायत शिर्षनेतासंग भेटवार्ता र विभिन्न स्थानको अवलोकनमा ब्यस्त रहनेछन् ।

भेटवार्ता र अवलोकन कार्यक्रम
बंगलादेशी राष्ट्रपति हमिदले नेपाल भ्रमणका क्रममा नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनेछन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता कार्यक्रम छ।

हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अन्य राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्ने छन् ।

भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, पोखरालगायत स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार