
काठमाडौं । भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा गाडिएको छ । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूले उक्त भुमिमा शनिबार झण्डा गाडेको हो ।
अनेरास्वबियूले इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भुमिमा भारतीय सिमा सुरक्षा वल ९एसएसब० संग प्रतिकार गरी नेपालको राष्ट्रिय झन्डा फहराएको छ ।
केही समय अगाडि गाँउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई निर्माण अवरूद्ध गरी भारतले कव्जा गरेको थियोे । सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल ९ककद० ले वल प्रयोग गरेपछि एसएसवी र अनेरास्वबियु इलामका कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो ।
अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारत द्वारा निसेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । उनीहरुले कब्जा गरिएको भुमिमा झण्डा गोडेसँगै नारा जुलुुस समेत गरेका छन् ।









