काठमाडौं । भारतले नेपालको कालापानी लगायतको नेपाली भुमिलाई आफ्नो नयां नक्सामा पारेपछि त्यसको बिरोध भइरहेको छ ।
आइतबार बिहान काँग्रेस निकट बिधार्थाी संगठन नेविसंघले सीमा अतिक्रमणको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
कालो ब्यानर, नेपालको नयां नक्सा र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका उनिहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले बल प्रयोग गरेर केहिलाई नियन्त्रणमा समेत लिएको नेविसंघले ।

प्रर्दशनकारीहरुले बनाएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सामा अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको थियो ।भारतले नेपाली भुमि मिचेको बिषयलाई लिएर काठमाडौं उपत्यकासहित देशैभरी भारत बिरुद्ध प्रर्दशन भइरहेका छन् ।










