कैलाली । आइतबारदेखि धनगढी विमानस्थल १ महिनासम्म आंशिक रूपमा बन्द गरिएको छ । विमानस्थल निमार्णको कामलाई पुरा गर्नका लागि विमानस्थल बन्द गरिएको हो ।
यसअघि पनि १ महिना मर्मतका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थल बन्द भएपछि उडान प्रभावित हुने भएका छन् ।
धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरलान्सले हप्ताको ३ दिन धनगढी–काठमाडौं–धनगढी उडान भर्दै आइरहेका छन् । नेपाल एयरलाइन्सको विमानले भने आइतबार, मंगलबार र विहिबार नियमित रुपमा नै उडान भर्ने जनाइएको छ ।
विमानस्थलको १ हजार ८ सय मिटर लामो धावनमार्गमध्ये अझै ४ सय २० मिटर काम बाँकी छ ।












