भारतविरुद्ध नेविसंघले गरेको विरोधमा प्रहरी हस्तक्षेप, २१ जना पक्राउ

काठमाडौं । नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार साँझ बालाजु क्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध मसाल जुलुस निकालेको हो ।

जुलुसमा प्रहरीले हस्तक्षेप गरी नेविसंघका २१ जना नेता तथा कार्यक्रम नियन्त्रणमा लिएको छ ।

आफ्नो भूमि तत्काल फिर्ता लिन माग गर्दै बालाजु–बाइपासबाट निकालिएको मसाल जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।

प्रहरी हस्तक्षेपमा पक्राउ पर्नेमा निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, मनोज राना, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रविणजंग शाह, राजन बुर्लाकोटी, प्रशान्त लामिछाने, महेश्वर पौडेल, जगदिश थापा लगायत २१ जना रहेका छन् ।

यसअघि आइतबार पनि नेविसंघको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार