
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको आज दुई वर्ष पुगेको छ । स्वर्गीय प्रकाशलाई श्रद्धाञ्जली दिन नेकपाका नेता तथा कार्यकर्ता यतिबेला खुमलटार पुगेका छन् ।
प्रचण्ड निवास खुमलटार पुगेका नेता तथा कार्यकर्ताले दाहालको फोटोमा माल्यार्पण गरेका छन् ।
श्रद्धाञ्जली सभाका लागि औपचारिक कार्यक्रम नराखिएको प्रचण्डको सचिवालयले जनाएको छ । तर अनौपचारिक रुपमा फोटोमा माल्यार्पण गर्न तथा स्वर्गीय दाहाललाई स्मरण गर्न नेता कार्यकर्ता बिहानैबाट खुमलटार पुगेका हुन् ।
दाहालका छोरा प्रकाशको २०७४ साल मङ्सिर ३ गते हृदयघातबाट निधन भएको थियो ।
भिडियाे








