नेकपाको सचिवालय बैठक बस्दै, बैठक अघि ओली र प्रचण्डबीच छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दै छ । मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न बैठक दिउँसो साढे १२ बजे बस्न लागेको हो ।

आजको बैठकले पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने विश्वास लिइएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुधबा नै मन्त्रिपरिषद हेरफेरको टुंगो लाग्ने बताएका थिए ।

बैठकअघि ओली र प्रचण्डबीच छलफल

बुधबार दिउँसो बस्ने सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल हुँदैछ । प्रचण्डको सचिवालय स्रोतका अनुसार प्रचण्ड अहिले केहीबेरमा ओलीलाई भेट्न बालुवाटार जाँदैछन् ।

ओली र प्रचण्डबीच मन्त्रीपरिषद् हेरफेर बारे छलफल हुने छ । साथै माओवादीको तर्फबाट मन्त्री बन्नेको लिष्ट प्रचण्डले पेस गर्ने र त्यो विषयमा छलफल हुने बताइएको छ ।

अघिल्ला छलफलमा पार्टी एकताको बाँकी काम र मन्त्रिपरिषद हेरफेर प्याकेजमै टुंगो लगाउने सहमति भएको थियो ।

गत भदौमा प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिने भनेर ओलीले आश्वासन दिएका थिए । तर, ओलीले आश्वासन दिएजस्तो र आफूले खोजेजस्तो जिम्मेवारी नपाएपछि प्रचण्डले अघिल्लो बैठकमा मुखै खोलेर कार्यकारी अध्यक्षमा दाबी प्रस्तुत गरेका थिए ।

पार्टी एकता भएको वर्षौ भएपनि अझै जिम्मेवारी बाँडफाडको टुंगो नेकपामा लागेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार