काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । बुधबार बसेको नेकपाको सचिवालय बैठले उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको हो ।
बैठकले अर्का अध्यक्ष केपी शर्मा ओली पाँचवर्ष सम्म प्रधानमन्त्री नै कायम रहने निर्णय गरेको छ । साथै बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँडको काम सकाएको छ ।
अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने गरी जिम्मेवारी बाडिएको छ । बैठक भने संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।
उनकाअनुसार पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले अपसी सरसल्लाह गर्नेछन् भने पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि सहमति भएको छ । दुबै अध्यक्षको वरियता क्रम यथावत नै राखिएको छ ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो ।
सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर पाँच वर्ष सरकार चलाउन ओलीलाई प्रस्ताव गरेका थिए । दुई नेताबीच सोमबार भएको भेटमा प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा कार्यकारी अध्यक्षसहित प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
तर ओलीले सहमति जनाएका थिएनन् । बुधबार विहान भएको छलफलबाट सहमति जुटेको थियो ।
कामको बाँडफाँड










