भारतद्धारा अतिक्रमित कालापानी लगाएतको भूमि नेपालको हो : सर्वोच्च आदालत

काठमाडौं । भारतले आफ्नो नक्सामा समावेश गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको सर्वोच्च अदालतले दाबी गरेको छ । बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको भू भाग भएको दाबी गरेको हो ।

काठमाडौंमा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा गरिएको विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको पक्षबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई पछिको आदेशमा सर्वोच्च अदालतले तीनवटै भूभाग नेपालको भएको बताएको छ ।

भारतविरुद्धको प्रदर्शनका क्रममा प्रहरीबाट पक्राउ गरिएको टिकाप्रसाद कडेल, बिर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङका पक्षबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलाशले पक्राउ परेकाहरुलाई थुनामुक्त गर्न आदेश गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार