काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा नयाँ मन्त्रीका रुपमा पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । उनले बिहीबार पद तथा गोपनियताको शपथ पछि कार्यलयमा गएर पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थममाया थापामगरलाई हटाएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गरेका थिए । महिला मन्त्रालयमा पुरुष मन्त्री बनाउँदा सामाजिक संजालमा निकै चर्काचकी भएको छ । नेकपा भित्र दक्ष महिलाको कमी हो या महिलाको नेतृत्व स्वीकार्य नभएको भन्दै चर्काचर्की भएको हो ।
कार्यभार सम्हाल्दै मन्त्री गुरुङले थममाया दिदी भएको काम गर्दा अप्ठ्यारो भयो भने उहाँसँग सल्लाह गरेर अघि बढ्ने बताएका छन् । यसका साथै कर्मचारीलाई इमान्दारीताका साथ काम गर्न आग्रह पनि गरेका छन् ।
साथै थममाया थापाले नवनियुक्त मन्त्री पार्वत गुरुङलाई आफुले सुरु गरेका कार्य पुरा गर्न शुभकामना दिएकी छन् ।











