काठमाडौं । बिहीबार लेखराज भट्टले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्रीले मन्त्रीमण्डल हेरफेरमा उनलाई उद्योग मन्त्रीको रुपमा सिफारिस गरेपछि बिहीबार मन्त्रीको पदभार ग्रहण गरेका हु्न् ।
पदभार ग्रहण गर्दै मन्त्री भट्टले उद्योगलाई चिनाउने गरी काम गर्ने बचन दिएका छन् । पुरानो ढर्राले नभई नभई समाजवाद उन्मुख दीर्घकालीन योजना बनाएर एक नम्बरको मन्त्रालय बनाउने दाबी गरेका छन् ।
मन्त्रालयमा सिक्ने र सिकाउने गरेर सबैले एक ढिक्का भएर अघि बढ्ने बताए । साथै उनले कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भनेर उनले कर्मचारीहरुलाई सचेत समेत गराएका छन् ।
सुदुरपश्चिम प्रदेशको कैलाली घर भएका भट्ट यसअघि पनि डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । उनी दोस्रो पटक मन्त्री बनेका छन् । भट्टबाट जनताले आशा र अपेक्षा पनि राखेका छन् । त्यसअघि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उनी श्रम मन्त्री बनेका थिए ।











