प्रधानमन्त्रीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको कांग्रेस सभापति देउवाको दाबी

पोखरा । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा निकाल्नु भन्दा पहिले नेपालका प्रधानमन्धी केपी शर्मा ओलीसँग सल्लाह गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् । ओलीसँग सल्लाह गरेर नै भारतले नक्सा छापेको आरोप समेत लगाएका छन् ।

पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको बताएका छन् । ओलीले जनतालाई उल्लु बनाए चुनाव जितेको भन्दै ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको बताए ।

काँग्रेसका नेताहरु यतिबेला चुनावी दौडधुममा छन् । देउवा सहित, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू रामशरण महत, शेखर कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायत नेता चुनावी सभामा सहभागी भएका छन्।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक पनि समावेश गरेको छ । भारतको नयाँ नक्सामा नेपाली भूमि समावेश गरेको विषयमा विरोध भइरहेको छ । सरकारले पनि सीमा मिचिएकोबारे अध्ययन गर्न समिति बनाउने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार