देउवाको अभिव्यक्ति प्रति नेकपाका नेताको आक्रोश

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा दिएको अभिव्यक्ति प्रति नेकपाका नेताले आक्रोश व्यक्त गरेका छन् । नकेपाका नेताले देउवाको अभिव्यक्ति प्रति सामाजिक संजाल ट्विटर र फेसबुक मार्फत आक्रोश पोखेका हुन् ।

शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीको सल्लाहमा नै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिए । उनले ओलीले भारतसँग केही भित्री सल्लाह गरेर नै त्यो नक्सा छापेर निस्केको दाबी गरेका थिए ।

देउवाको यहि अभिव्यक्तिले गर्दा नेपाली कांग्रेसमा पनि भनाभनको स्थीति सृजना भएको छ । देउवाले जानेरै भनेका हुन् वा उनको मुखमा चिप्लिएको हो त्यो भने खुलाएका छैनन् ।

धेरैले सभापति जस्तो पदमा रहेका जिम्मेवारी व्यक्तिले यस्तो अभिव्यक्ति दिन नहुने तर्क राखेका छन् । नेपाली भूमि कालापानी अहिले मात्रै होइन धेरै वर्ष देखि भारतको कब्जामा छ ।

भलै भारतले आफ्नो नयाँ नक्सा बनाउँदा मात्रै जनताले थाहा पाएका हुन् । पहिले देखि नै उनीहरुले नेपाली भूमिमा राज गर्दै आएका छन् । त्यसैले देउवाले दिएको यो व्यक्तिले नेपाली नेताहरू राष्ट्रियताको विषयमा आफ्नो स्वार्थअनुसार कसरी प्रस्तुत हुन्छन् भन्नेसमेत देखाएको छ । चार पटकसम्म प्रधानमन्त्री भइसकेका देउवाको यो अभिव्यक्तिलाई ‘अशोभनीय’ टिप्पणी गर्छन् राजनैतिक विष्लेशकहरु ।

सामाजिक संजालमा धेरैले देउवाको अभिव्यक्तिलाई राम्रो नभएको भन्दै आफ्नो स्टाटस बनाएका छन् । यसै क्रममा नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोप लगाउँदै पूर्वप्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरे पनि कम हुन्छ । तात्कलिक तुच्छ स्वार्थ (चुनाव) का लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ । अझै चेतेनन् ।’ भनेर लेखेका छन् ।

त्यस्तै, नेकपाकै अर्का नेता विष्णु रिजाल लेख्छन्, ‘मुलुकमाथि नाकाबन्दी लाग्दा चुइँक्क नबोल्ने शेरबहादुर देउवाले ६ दशक पुरानो कालापानीमा वैतरणी तर्ने हरकत गरेको कति भद्दा देखिएको १ उहाँका भनाइ सुन्दा लाग्छ, मानौं यो समस्या नै प्रम ओलीले सिर्जना गर्नुभएको हो १ कसैले उहाँलाई सम्झाइदेओस्, नक्कल गर्न पनि अक्कल चाहिन्छ ।’

यसरी नेकपाका नेताहरुले सामाजिक संजालमा देउवाको अभिव्यक्ति प्रति आक्रोश जनाएका छन् । तर नेपाली कांग्रेसका नेतालाई भने यस विषयमा के गर्ने भन्ने शंकट परेको छ ।

भारतले जारी गरेको नयाँ राजनैतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा भएको देखाए पछि नेपालमा विरोध भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार