काठमाडौं । काठमाडौंमा सार्वजनिक यातायातका चालक र सहचालकका लागि तालिम संचालन गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्ने लक्ष्यका साथ तालिम संचालन गरिएको हो ।
तालिम पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, काठमान्डौ महानगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजनामा बिभिन्न ट्रेड युनियनहरुको सहयोगमा संचालन गरिएको हो । तालमिमा १ हजार जनाको सहभागिता रहेको छ ।
तालिममा अंग्रेजी भाषाको सामान्य बोलचाल, सरसफाई तथा यात्रुलाई गर्ने व्यबहार लगाएतका विषयमा सिकाइने बताइएको छ ।










