राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बीजी निर्वाचित

काठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बीजी निर्वाचित भएका छन् । विष्णु खत्रीलाई ३९ मत अन्तरले पराजित गर्दै रमेश बीजी अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोखरामा दुई दिनसम्म चलेको प्रतिष्ठानको सातौं महाधिवेशनमा भएको निर्वाचनमा रमेशले ५८४ र विष्णुले ५४५ मत प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ ।

यसैगरी कोषाध्यक्ष पदमा राजु ढकाल ७३७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी तारापति सुवेदीले ३७२ मत पाएका थिए ।

सहकोषाध्यक्षमा ईश्वरी प्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, खुल्ला सचिव ७ जनामा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जीसी, बसन्त थापा, र पुस्कल शर्मा निर्वाचित भएका छन् ।

महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अन्जली अधिकारी, जुनाश्रीष मगर, अम्बिका लुंगेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित भएका छन् ।

खुल्ला केन्द्रीय सदस्यमा १२ जना भएका छन् । जसमा देवी घर्ती, पीएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गर्बुजामगर, सागर गुरुङ, विक्रम थापा, र युवराज मगर रहेका छन् ।

विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पंगेनी चुनिएका छन् ।

त्यसैगरी केही पदमा भने निर्विरोध निर्वाचित पनि भएका छन् । वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा र महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध चुनिएका छन् ।

यसैगरी महासचिव, उपमहासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् ।

शंकर वीसी र शिव हमाल उपसचिव निर्वाचित भएका छन् । सांगठनिक सचिवतर्फ खुमन अधिकारी र महिला सचिवमा जमुना रानामगर निर्विरोध निर्वाचित भएकी छन् ।

सहकोषाध्यक्ष पदमा पूर्णकला वीसी पनि निर्विरोध विजयी भएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार