कञ्चनपुर । दाजुद्धारा बहिनी बलात्कृत भएकी छन् । बलात्कृत हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका ८ की एक किशाेरी रहेकी छन् । उनलाई गाउँकै दाजु नाता पर्ने एक व्यक्तिले बलात्कार गरेका हुन् ।
स्थानीय २८ वर्षीय धनिराम चौधरीले १६ वर्षे बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । उनले १६ वर्षे ती बालिकालाई गएराति ११ बजे तिर गाउँकै उखुबारीमा लगेर बलात्कार गरेको खुलेको छ ।
प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने, बालिकालाई मेडिकल जाँचका लागि महाकाली अञ्चल अस्पताल पठाएको छ ।















