अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपतिले लिइन् जानकारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । बिहीबार साँझ  भण्डारी मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

उनले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेकी छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार