काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीसंग आफुलाई तुलना गर्न नमिल्ने बताएका छन् । पार्टीको १५ औं संघीय वैठकमा बोल्दै भट्टाराइले भने, केहि दिन अघि म युरोप भ्रमण गरेर आए, त्यहाँ प्रधानमन्त्री ओलीको भन्दा बढी सम्मान, माया र सत्कार पाए । ‘देशको प्रधानमन्त्रीसँग मेरो तुलना गर्न त मिल्दैन । युरोपमा सबैले प्रधानमन्त्री ओलीको भन्दा तपाईले बढि सम्मान पाउनु भयो भनर भने, त्यसैले हामी कोहि भन्दम कम छैनौं ।’
भट्टराईले प्रधानमन्त्रीले गफाडीको संज्ञा समेत दिएका छन् । उखानटुक्का भनेर जनतालाई भ्रममा पार्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट प्रधानमन्त्री ग्रस्त छन् उनले भने, ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी छ।
ओली सरकार जनभावनाअनुरुप काम गर्न असफल भएको नयाँ शक्तिको निष्कर्ष रहेको भट्टराईको दाबी थियो । सरकार अर्कमण्यता, भ्रष्टाचार एवं यथास्थितिको दलदलमा फसेकाले आफ्नै पार्टीकै नेताकार्यकर्ताबाट सरकारको आलोचना हुन थालेको नयां शक्तिको विश्लेषण पनि छ।
भट्टराईले पेश गरेको राजनितीक प्रतिबेदनमा भनिएको छ, सरकार भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट राम्रो देखिएको जस्तो मात्र भएको पनि उनको भनाइ छ। ‘आफूलाई कम्युनिस्ट, सर्वहारावादी, जनवादी, गरिबमुखी, समाजवादी, साम्यवादी आदि भन्न रुचाउनेको पहिलो बहुमतको सरकार बन्दा केही हुन्छ कि भन्ने आशा सर्वसाधारणमा जाग्रित हुनु अस्वभाविक थिएन, हाम्रो पार्टीलाई राम्रोसंग थाहा थियो कि यिनीहरु भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट सगल्तो देखिएका मात्र हुन्।
यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सके पनि देशको दीर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न सक्ने छैनन्।,
भट्टराईले आफ्नो पार्टीले सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने समेत बताए । ‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा पुर्याएका थियौं’ उनले भने, ‘अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं ।’
दस्ताबेजमाथि आज नेताहरुले आफ्नो भनाइहरु राख्दै
बुधबार भट्टराईद्धारा पेश गरिएको प्रस्तावित राजनितीक दस्ताबेजमाथि आज (बिहिबार) बिहानै देखि बैठकमा सहभागी नेताहरुले आ-आफ्नो भनाइहरु राखिरहेको नयांशक्ति पार्टीका नेता दलमर्दन कामीले जानकारी दिए ।