काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रदेश नम्बर ५ को भ्रमण गर्ने भएका छन् । बेला बेला विभिन्न ठाउँ पुगेर चर्चामा आउने शाहले आइतबार देखि प्रदेश ५ को भ्रमण गर्ने भएका हुन् ।
प्रदेश ५ को भ्रमणको सुरुको दिन आइतबार उनी निजी भ्रमणका लागि भैरहवा जादैं छन् । एक्लै भ्रमणमा निस्किन लागेका शाहले भैरहवासँगै त्यस आसपासका जिल्लामा पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
२ साता लामो भ्रमणका क्रममा उनले विभिन्न मठ मन्दिरको भ्रमण गर्नुका साथै राजवादीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघि पनि उनले बेला बेला विभिन्न जिल्लाको भ्रमण गरेका थिए । सोही भ्रमणलाई यो पटक पनि निरन्तरता दिएको बताइएको छ । भ्रमणको उदेश्य भने खुलाइएको छैन् ।











