काँग्रेसलाई अर्को सफलता, मोरङमा काँग्रेसका नारायण प्रसाद साह बिजयी

काठमाडौं । मोरङमा नेपाली काँग्रेस बिजयी भएको छ । मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो । कांग्रेसका नारायण प्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए । यहाँका ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेको थियो । ३८ मत बदर भएको थियो ।

राप्रपा संयुक्तका उम्मेदवार ज्योति पासवानले २४, जनमत पार्टीकी चनरादेवी मण्डलले ९, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलले ८, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत पाए ।

यसअघि काँग्रेले चितवन, बैतडी लगाएतका ठाउँमा जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार