उपनिर्वाचन अपडेट : ३९ ठाउँको नजिता सार्वजनिक नेकपा २२, काँग्रेस ११ ठाउँ बिजयी

काठमाडौं । शनिबार भएको बिभिन्न ५२ पदको उपनिर्वाचनमा अहिलेसम् ३९ ठाउँको नजिता सार्वजनिक भएको छ । वडा अध्यक्ष पदका लागि भएको नजिता सार्वजनि भएको हो ।

अन्य पदका लागि भएको निर्वाचनको मतगणना कार्य जारी रहेको निर्वाचन आयोजनले जनाएको छ । मतगणना अनुसार अहिले सम्म नेकपा अगाडी रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल) तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतिनिधिसभाको १ सिटका लागि भएको निर्वाचन क्षेत्र कास्कीमा मतगणना कार्य जारी रहेको छ । त्यस्तै भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क), धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको निर्वाचनको मतगणना कार्य भइरहेको छ ।

विभिन्न कारणले सुरु हुन नसकेको प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (खं) को मतगणना भने आज मात्रै सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार