काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ६० जनाको नेतृत्व गर्दै चीन जाने भएका छन् । पार्टीका नेता तथा कार्यकर्तालाई लगेर उनी चीन भ्रमणमा जान लागेका हुन् ।
प्रचण्डको नेतृत्वमा यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरु सामेल हुने छन् । अझै केही को को जाने भन्ने बारे टुंगो लाग्ने बाँकी रहेको बताइएको छ ।
चीनले नेकपाका सबै नेतालाई वर्षभित्र चीन घुमाइसक्ने योजनाअनुसार पहिलो टोली प्रचण्डको नेतृत्वमा जान लागेको पार्टीले जनाएको छ । चीनले नेकपा मात्रै नभई अरु दलका नेतालाई पनि भ्रमणका लागि आमन्त्रण गरेको छ ।













