घोराही । दाङ क्षेत्रनम्बर ३ (खं)मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विमला खत्री बिजयी भएकी छन् । शनिबार भएको उपनिर्वाचनबाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
उनले २४ हजार २ सय ८६ मत ल्याएर बिजयी भएकी छन् । त्यस्तै कांग्रेसका केशव आचार्यले १९ हजार १ सय ८२ मत ल्याएका थिए । खत्रीले ५ हजार बढी मत अन्तरले हराएकी हुन् ।
२०७४ सालको चुनावमा पनि सो क्षेत्रबाट तत्कालीन एमालेका उत्तरकुमार ओली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । विमला उत्तर कुमारकी जीवनसंगीनी हुन् । उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।















