लालकिल्ला तोड्न राई तेस्रो पटक सफल, कांग्रेस नेता शुभकामना दिन धरानमा

धरान । शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जित हात पारेका छन् । धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा उनले जित हात पारेका हुन् ।

राईले आफुले जित्छु भन्ने सोचेका पनि थिएनन् । यो नजिता उनका लागि अनपेक्षित नतिजा बनेको छ । यसअघि पनि उनले दुई पटक चुनाव लडेका थिए । तर दुबै पटक जित हात पार्न सकेनन् ।

२०३१ सालमा भोजपुरमा जन्मेका राई भोजपुरबाट धरान झरेका थिए । पहिले पटक उनले ०५४ सालमा घरान– १८ को वडाध्यक्षमा चुनाव लडेका थिए । तर जितेनन् । त्यसपछि ०७४ को स्थानीय चुनावमा उनी धरान उपमहानगरपालिकाको मेयरमा लडे । त्यतिबेला पनि उनले सोचेजस्तो नतिजा आएन । तर यो पटक भने उनले नसोचेकै नजिता आएको छ ।

तेस्रो पटकको चुनावी प्रतिस्पर्धामा उठेका उनले शनिवारको उपनिर्वाचनमा नेकपाका नेकपाका उम्मेदवार प्रकाश राइलाई पछि पार्दै चुनाव जितेका छन् । उनी २६ हजार ७ सय ९ मत ल्याएर विजयी भए। उनका प्रतिद्धन्दीले भने जम्मा २३ हजार ९ सय १४ मत ल्याएका थिए ।

राईले दौरा सुरुवालमा सजिएर सोमबार नै मुख्य निर्वाचन अधिकृतबाट सपथ खाइसकेका छन् ।

नेपाली कांग्रेसले धरानमा २९ वर्षपछि फेरि नेतृत्व पाएको छ । पहिलो पटक धरामा काँग्रेसले विजयोत्सब मनाएको छ ।

यतिबेला राईलाई शुभकामना दिन कांग्रेस नेता शेखर कोइराला, महेश आचार्य लगायतका केन्द्रीय नेतादेखि कार्यकर्ता र शुभचिन्तक धरानमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार