नासाले भेटायाे भारतका चन्द्रयान–टु को ल्याण्डर विक्रमकाे भग्नावशेष

अमेरिका । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको परिक्रमा गरिरहेको उसको उपग्रहले भारतको चन्द्रयान–टु को ल्याण्डर विक्रमको भग्नावशेष भेटेको बताएको छ ।

सेप्टेम्बर ७ तारिखमा चन्द्रमाको सतहमा उत्रने कोसिस गर्ने क्रममा निश्चित समयभन्दा केही बेरअघि मात्रै विक्रमसँग सम्पर्क टुटेको थियो ।

नासाले उपग्रहबाट लिइएको तस्बिर पोष्ट गरेको छ जसमा विक्रम कुन ठाउँमा खस्यो र कसरी त्यसका भग्नावशेषहरु छरिएका छन् भनेर हेर्न सकिने खबर रातोपाटीमा छापिएको छ ।

नासाले उक्त क्षेत्रको सुरुमा र पछि लिइएको तस्बिर पनि पोष्ट गरेको छ जसमा विक्रम खसेको ठाउँ कसरी परिवर्तन भयो भनेर बुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार