बागलुङ । बागलुङमा भएको जीप दुर्घटनामा परी मृत्यु भएका र घाइते सबैको पहिचान खुलेको छ । जीप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने तीन गम्भिर घाइते भएका छन् ।
एक जना भने वेपत्ता भएका छन् । मंगलबार बिहान १० बजे भएको दुर्घटनामा परेका सबैको पहिचान खुलेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३ की माया थापा, नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६० की भुमा कार्की, बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी,इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की, १० वर्षकी अनुस्का कार्की, अन्दाजी ६५ वर्षका झवि कार्की, अन्दाजी ४० वर्षका महेन्द्र कार्की, ४५ वर्षे भूमि कार्की, २५ वर्षे मीना बस्नेत, ३० वर्षे तुलसी कार्की, अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की, २६वर्षे सुचना कार्की, ६५ वर्षे धनबहादुर कार्की र ४० वर्षे बसुन्धरा कार्की रहेका छन् ।
त्यसैगरी दुर्घटनामा इस्मा गाउँपालिका ५ दोबाटोका २५ वर्षीय रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् ।











