महरा छुटाउन माग गर्दै उच्च अदालत पुगिन् रोशनी

काठमाडौं । बलात्कार प्रयासको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादु महरा यतिबेला हिरासतमा छन् । आफ्नै सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको भन्दै अदालतले उनलाई हिरासतमा राख्न दिएको आदेश अनुसार महरा हिरासतमा छन् ।
तर अचम्म ती नै रोशनी शाही उनलाई छुटाउने प्रयासमा लागिरहेकी छन् । महरालाई हिरासतमा पठाउन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा निवेदन दर्ता गर्न पुगेकी छन् । तर अदालतले उनको निवेदनलाई दरपीठ दर्ता गर्न अस्वीकार गरेको छ ।

उनको निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएको लगायतका कारण उल्लेख गर्दै महरालाई हिरासत मुक्त गर्न माग गरेकी छन् । उनले अदालतको आदेश बदर गर्न माग समेत गरेकी छन् ।

यसअघि महरा आफैले पनि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध गत ५ मंसिरमा उच्च अदालत पटनमा निवेदन दिइसकेका छन् । जिल्ला अदालत काठमाडौंले गत १८ कात्तिकमा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
अहिले महरा हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार