प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पाल भर्ना भएर उपचार गराई रहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुँदै छन् । ९ दिनदेखि कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराई रहेका प्रधानमन्त्री ओलीलाई अस्पताले डिस्चार्ज गर्न लागेको  हो ।

प्रधानमन्त्रीले अस्पताल भन्दा बालुवाटारमै आराम गर्ने मनशाय बनाएपछि डिस्चार्ज गर्ने तयारी अस्पतालले गरिरहेको छ। एपेण्डिसाइटिसको अपरेशनपछि ओली अस्पताललमै आराम गरिरहेका छन् ।

तर अस्पतालले अपरेशनपछि उनको रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले अझै एक हप्ता अस्पतालमै बस्नु पर्ने बताएको थियो ।

प्रधानमन्त्रीले भने एक हप्ता बालुवाटारमै आराम गर्ने मनसाय बनाएका छन् । साथै उनले अस्पतालमा भन्दा बालुवाटारमै बसेर आराम गर्दा सजिलो हुने बताएपछि अस्पतालले डिस्चार्ज गर्न लागेको बताएको छ ।

प्रधानमन्त्रीलाई बालुवाटारमा चिकित्सको निगरानीमा राखिने बताइएको छ । ओलीको मृगौला फेर्ने बेला भइसकेकाले मृगौला फेर्ने कि नियमित डायलासिस गर्ने भन्ने कुरा भने अझै टुंगिएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार